२०८० चैत्र १५

Tag: nepal telecom

नेपाल टेलिकमले ल्यायो अटम र फेस्टिभ अफर

नेपाल टेलिकमले ल्यायो अटम र फेस्टिभ अफर

अर्थतन्त्र, देश, नेपाली ब्रान्ड, समाचार
साभार: रातोपाटी  नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप तथा परिमार्जन गरी असोज २९ देखि ९० दिन लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ । पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएका छन् । साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको छ । अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ । यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी रु. ५५ मा यूट्युब र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुनेछ । यी अफर खरिद गरे पश्चात् सहुलियतस्वरुप रु. १५ मा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्...