२०८१ बैशाख ७

Tag: nepal railways

नियमित जनकपुर – जयनगर गुड्ने तैयारी

नियमित जनकपुर – जयनगर गुड्ने तैयारी

देश, समाचार
जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधारलगायतको तयारी भइरहेको हो ।  कोभिड–१९ सङ्क्रमणका कारण तत्काल रेल सञ्चालन गर्न नसकिने भए पनि स्थिति सहज हुनासाथ जनशक्ति व्यवस्थापन गरी सञ्चालनका लागि तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।  सरकारले सङ्क्रमण नियन्त्रणका लागि सीमामा आवतजावत रोकेकाले अन्तरदेशीय हाल रेल सञ्चान गर्न नसकिने कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए ।  तत्कालका लागि देशभित्रै मात्र पनि रेल सञ्चालन गर्न सकिने तर त्यसका लागि जनशक्तिको आवयश्कता परेको उनको भनाइ छ । आउँदो पुसको रामनवमी पर्वका अवसर त्यस क्षेत्रमा रेल सञ्चालन गर्ने गरी छलफल उनले जानकारी दिए । रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले करारमा कर्मचारी ...
भारत फर्किए हिजो आएका रेल, फेरि कहिले आउँछन् थाहा छैन

भारत फर्किए हिजो आएका रेल, फेरि कहिले आउँछन् थाहा छैन

देश, समाचार
साभार: सेतोपाटी शुक्रबार भारतबाट जनकपुर ल्याइएका नेपालका दुई वटा रेल शनिबार भारततिरै फर्किएका छन्। रेल ल्याएर आएका भारतको कंकोण रेलवे कर्पोरेसनका कर्मचारीहरूले शनिबार दुबै रेल भारत लिएर गएका हुन्। 'उहाँहरू दिउँसो १२ बजेतिर रेल लिएर यहाँबाट जानुभएको हो,' रेलवे तथा मेट्रो विकास कार्यालयका जनकपुरका इन्जिनियर विनोद ओझाले सेतोपाटीसँग भने,'अब ती रेल जयनगरको स्टेशनमा राखिनेछ।' शुक्रबार दुई जना ड्राइभर र दुई जना सहायक ड्राइभरले रेल नेपाल ल्याएर आएका थिए। नेपाललाई रेल हस्तान्तरण गर्न कंकोणका अरू १६ जना कर्मचारी पनि त्यही रेलमा जनकपुर आएका थिए।   नेपालमा रेल चलाउने कर्मचारी र कानुन नभएकाले उनीहरूले आज रेल भारततिरै लिएर गएका हुन्। जयनगरमा नेपालको आफ्नै स्टेशन छ। सोही स्टेशनमा अब ती रेल राखिनेछन्। सधैँ बन्द भएर इन्जिन नबिग्रियोस् भनेर बेलाबेलामा इन्जिन चलाइरहनु पर्छ। इ...