२०८१ बैशाख १३

Tag: nepal Olympics

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता ओलम्पियन केसीलाई कोरोना

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता ओलम्पियन केसीलाई कोरोना

खेलकुद, देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीलाई कोरोना भाइरसको संक्रमण भएको छ। केसीलाई सोमबार कोरोना भाइरसको संक्रमण भएको हो। सुरुमा दिसामा रगत देखिएपछि उनलाई बयोधा हस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। उपचारअघि उनको कोरोनाको परीक्षण गर्न स्वाब निकालिएको थियो। जसमा उनलाई कोरोना लागेको देखिएको हो। लक्षण नदेखिएका उनी अहिले घरमै आइसोलेसनमा बसेका छन्। अस्पतालले दिएको औषधी भने उनले खाइरहेका छन्। Advertisement उनले सन् १९७३ को एसियन ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। फिलिपिन्समा भएको प्रतिस्पर्धामा उनले जितेको सो पदक नेपालले औपचारिक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जितेको पहिलो पदक हो। त्यसअघि उनले नेपालको प्रतिनिधित्व गर्दै उनले सन् १९७२ को म्यूनिख ओलम्पिक्समा राष्ट्रिय झण्डा ब...