२०८१ बैशाख २२

Tag: nepal news

अर्थमन्त्रीको तजबिजीमा ५७ अर्ब बजेट, मनलाग्दी खर्च गर्न पाइने 

अर्थमन्त्रीको तजबिजीमा ५७ अर्ब बजेट, मनलाग्दी खर्च गर्न पाइने 

देश, राजनीति, समाचार
यसपटकको बजेटमा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो तजबिजीमा खर्च गर्न सक्ने गरी ५७ अर्ब रूपैयाँ बजेट छुट्याएका छन्। बजेटमा अर्थमन्त्रालय अन्तर्गत विविध शीर्षकमा करिब १ खर्ब १२ अर्ब रूपैयाँ छुट्याइएको छ। यसमा विशिष्ट व्यक्तिको भ्रमणदेखि अतिथि सत्कार, प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्च, विपद राहतदेखि कम्प्युटर लगातको खरिद सबै खर्चहरू तोकिएका छन्। Advertisement त्यसबाहेक विविधमै भैपरी आउने चालु र पुँजीगत खर्च अन्तर्गत ५७ अर्ब रूपैयाँ छुट्याइएको छ। यस्तो भैपरीमा राखिएको रकम कहाँ र कसरी खर्च हुने भनेर छुट्याइएको हुँदैन।  'यसरी खर्च गर्ने शीर्षक नै नभएर भैपरीमा राखिने रकम भनेको अर्थमन्त्रीले आफ्नै तजबिजीमा खर्च गर्न सक्ने रकम हो,' एक अर्थविदले भने, 'यो शीर्षकमा छुट्याइएको रकम के के मा खर्च गर्ने भनेर निर्क्यौल नै गरिएको हुँदैन।' यस्तो प...