२०८१ श्रावण १२

Tag: nepal hospitals

अस्पतालमा बन्धक बनाइएका २ जनाको उद्धार

अस्पतालमा बन्धक बनाइएका २ जनाको उद्धार

देश, समाचार
साभार: रातोपाटी काठमाडौं। उपचारखर्च नपाएर दुई महिनादेखि अस्पतालमा बन्धक बनाइएका सप्तरीका शिवचन्द्र सदा र मिलयादेवी उद्धार भएको छ। प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको पहलमा उनीहरु मंगलबार दिउँसो अस्पतालबाट घर फर्किएका हुन् । गाउँका तथाकथित ठूला जातिका मानिसबाट मरनासन्न हुनेगरी कुटाई खाएर घाइते उनीहरुले अस्पतालमा उपचार खर्च तिर्न नसकेर दुई महिनादेखि बन्धक रहेका थिए । उनीहरुलाई मुक्त गर्न मुख्यमन्त्री लालबाबु राउतले यसअघि नै अस्पतालको रकम तिर्ने निर्णय गरे पनि कर्मचारीहरुले फाइलमाथि फाइल खडा गर्दै रकम निकाशामा ढिलासुस्ती गर्दै आएको पाइएको छ । महान्यायाधिवक्ता झाले अस्पतालमा उपचार खर्चको व्यवस्था गर्नुका साथै उनीहरुलाई घर पठाउन एम्बुलेन्सको व्यवस्थापन समेत गरिएको जानकारी दिए । सदा दम्पत्ति घरतिर लागेको तस्बिर सार्वजनिक गर्दै महान्यायाधिवक्ता झाले उनीहरुको वि...