२०८१ बैशाख ११

Tag: Nepal Aeroplane service

सात महिनापछि खुल्यो आन्तरिक उडान

सात महिनापछि खुल्यो आन्तरिक उडान

देश, समाचार
सुरक्षाका लागि यात्रु र एयरलाइन्सले के के गर्नुपर्छ, हेर्नुस् बुद्ध एयरको भिडिओ साभार: सेतोपाटी कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै जारी लकडाउन आदेशले बन्द भएको आन्तरिक हवाई उडान आजदेखि खुलेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान गर्नका लागि एयरलाइन्सहरूलाई आजदेखि अनुमति दिएको छ। सोहीअनुसार एयरलाइन्सले आजदेखि उडान सुरू गरेका छन्। आजदेखि खुल्ने उडान सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतमात्र हुने छन्। विमानस्थलको भीड व्यवस्थापन तथा मागका आधारमा उडानको कोटा निर्धारण गरिएको प्राधिकरणले जानकारी दिएको छ। Advertisement उडान गर्दा यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्नेछ। त्यस्तै भाइजर पनि उनीहरूले अनिवार्य लगाउनुपर्ने छ तर भाइजर भने एयरलाइन्स आफैले व्यवस्था गर्नेछन्। जस...