२०८१ श्रावण १२

Tag: nekapa

नेकपाको आधिकारिकता विवाद : समाधान का लागि दुई महिना पर्खिनु पर्ने

नेकपाको आधिकारिकता विवाद : समाधान का लागि दुई महिना पर्खिनु पर्ने

देश, राजनीति, समाचार
–नारायण न्यौपानेकाठमाडौँ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) को आधिकारिकता र चुुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुुन अझै कम्तीमा दुई महिना लाग्ने सङ्केत देखिएको छ । विवाद निरुपणका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया र समयका आधारमा नेकपाभित्रको हालको विवाद छिनोफानो गर्न उक्त समयावधि लाग्ने अनुमान गरिएको हो । केन्द्रीय समितिको निर्णयको आधिकारिता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको मितिले ३० दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाण पेश गर्नुपर्ने ऐनमा व्यवस्था छ ।  Advertisement नेकपा (दाहाल–नेपाल) समूूहले उक्त ऐनमा व्यवस्था भएअनुरुप केन्द्रीय सदस्य बहुमत रहेको भनी आयोगसमक्ष आधिकारिता र चुुनाव चिह्नको माग दाबी गरिसकेको छ । एउटै दलका दुुई वा सोभन्दा बढी पक्षबीच दलको नाम, छाप, विधान, झण्डा वा चिह्न, पदाधि...