२०८३ कार्तिक १२

Tag: nebisangh

नेविसंघ लगायत ११ भ्रातृ संगठनको म्याद थप

नेविसंघ लगायत ११ भ्रातृ संगठनको म्याद थप

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित ११ वटा भ्रातृ संगठनको म्याद थप गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघ, तरुण दलसहित ११ वटा भ्रातृ संगठनको म्याद ६ महिना थप गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । Advertisement बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, नेपाल किसान संघ, नेपाल भूतपूर्व सैनिक संघ, आदिवासी जनजाति संघ, नेपाल ठाकुर समाज, प्रजातन्त्र सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल तामाङ संघको म्याद थप गरेको हो ।  बैठकले थपिएको ६ महिनाभित्र अधिवेशन गर्न पनि भ्रातृ संगठनलाई निर्देशन दिएको छ । यसअघि पनि काँग्रेसले अधिवेशन गर्न नसकेका भ्रातृ संगठनको म्याद थप गर्दै आएको थियो । साभार: र...
प्रदेश ५ को राजधानी सार्ने निर्णयविरूद्ध नेविसंघको विरोध प्रदर्शन, गाडी तोडफोड

प्रदेश ५ को राजधानी सार्ने निर्णयविरूद्ध नेविसंघको विरोध प्रदर्शन, गाडी तोडफोड

देश, राजनीति, समाचार
साभार: रातोपाटी बुटवल । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेश ५ को राजधानी दाङ बनाउने सत्तारुढ नेकपाको प्रस्तावप्रति आपत्ति जनाउँदै आन्दोलन घोषणा गरेको छ । प्रदेशको राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको विरोधमा रुपन्देहीमा प्रदर्शन समेत भएको छ । शुक्रबार प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्रीले राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर प्रस्ताव अघि बढाएलगत्तै नेविसंघ रुपन्देहीले विभिन्न स्थानमा टायर बालेर नारा जुलुससहित प्रदर्शन गरेको हो । उनको प्रस्तावमा प्रदेशको राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरिएको छ ।   बुटवलको अस्पताल लाइन र सैनामैना लगायतका ठाउँमा विरोध प्रदर्शन भएका छन् । आन्दोलनकारीले प्रदेशसभा सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं. को स्कोर्पियो र कृषि मन्त्रालय योजना महाशाखाको लु...

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125