२०८१ बैशाख ८

Tag: narayani hospital

वीरगन्जमा उपचार गराइरहेका रौतहटका संक्रमितको मृत्यु

वीरगन्जमा उपचार गराइरहेका रौतहटका संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत रौतहट गम्हरीया–३ का ३० वर्षीय संक्रमित युवकको शनिबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले युवकलाई बिहीबार नारायणी अस्पताल लिएर आएका थिए । Advertisement स्वाब संकलन गरी परीक्षण गर्दा शुक्रबार ती युवकमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि शुक्रबार साँझ साढे ७ बजेको समयमा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ती युवकको उपचारको क्रममा शनिबार साँझ साढे ७ बजेको समयमा मृत्यु भएको हो । ...