२०८१ बैशाख ७

Tag: nagarkot

भक्तपुर देखि नगरकोट सडक धमा धम बन्दै

भक्तपुर देखि नगरकोट सडक धमा धम बन्दै

देश, समाचार
–सञ्चिता घिमिरेकाठमाडौं । लामो समयदेखि अवरुद्ध  भक्तपुर–नगरकोट सडक निर्माणले पछिल्लो समय गति लिएको छ ।  सो सडक चालू आवभित्रै सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ ।  विसं २०७०/७१ मा सो सडक निर्माणको ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म अवरुद्ध सो सडक निर्माणले पछिल्लो समय गति लिएको हो ।  १५ किमी सडकमध्ये सात किमी सडकको निर्माण सम्पन्न भएको र एक किमी सडक सम्पन्न हुने क्रममा रहेको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । उनका अनुसार बाँकी सात किमी सडकको पनि कालोपत्र गर्ने तयारी भएको छ । उनले भने, “निर्माण व्यवसायी साइडमै काम भएकाले धमाधम काम भइरहेको छ ।” आगामी पुससम्म सक्ने गरी पछिल्लो पटक अवधि थप भएको थियो । कोभिड–१९ का कारण निर्माण कार्य हुन सकेको थिएन । निर्माण कार्यमा बाधा पुगेकाले ठेक्का सम्झौता छ महिना थप्ने निर्णय सरकारले गरेको थियो । अहिलेक...