२०८१ बैशाख ८

Tag: messy

त्यो भेट, जसले मेस्सीलाई बार्सिलोना छाड्ने अवस्थामा पुर्‍यायो

त्यो भेट, जसले मेस्सीलाई बार्सिलोना छाड्ने अवस्थामा पुर्‍यायो

खेलकुद
साभार: रातोपाटी अहिले मात्र होइन, लियोनेल मेस्सी र बार्सिलोनाको बोर्डबीच केही समय पहिल्यैदेखि सम्बन्ध राम्रो थिएन । गत जनवरीमा अर्नेस्टो भल्भार्डेको बर्खास्तीपछि स्पोर्टिङ म्यानेजर एरिक एबिदालसँग उनको जुहारी नै चलेको थियो । केही खेलाडीको सम्बन्ध भल्भार्डेसँग राम्रो थिएन,’ एबिदालले नाम नलिई भनेका थिए । ‘नामै नलिइ खेलाडीलाई गाली दिनु राम्रो होइन,’ मेस्सीले जवाफ फर्काएका थिए । अर्थात्, भाल्भार्डेको साटो क्लब सम्हाल्न भएका क्वीके सेटिन ८ महिनामै बर्खास्तीमा परे । मेस्सी क्लब छाड्ने–नछाड्ने दोधारमै थिए । किनकी, २०१४ मा जोसेप मारिया बार्टोमेऊ अध्यक्षमा निर्वाचित भएयता बार्सिलोनाले अन्य क्लबका खेलाडी किन्नका लागि ठूलो धनराशी खर्चिएपनि नेयमारको स्थानमा परिपुर्ति गर्ने खेलाडी भेट्टयाउन सकेको छैन । सन् २०१७ मा नेइमारलाई बार्सिलोनाले विश्व कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेनलाई बे...