
आन्दोलनका एजेण्डा बेवारिसे , मधेशवादी दल सत्तामै लिप्त !
साभार: रातोपाटीजनकपुर । प्रस्तावित संविधानप्रति असहमति राख्दै मधेसवादी दलले २०७२ सालमा तेस्रो मधेस आन्दोलन थालेको पाँच वर्ष पूरा भएको छ । तत्कालीन आन्दोलनकारी शक्ति अहिले प्रदेश २ सरकारको नेतृत्व गरिरहेको छ । मधेस आन्दोलनकै नेतृत्व गरेको राजनीतिक शक्तिले प्रदेश सरकारको नेतृत्व गरिरहेको अवस्थामा पनि मधेस आन्दोलनका अजेण्डा पूरा गर्नेतर्फ खासै पहल नभएको सरोकारवालाहरु बताउँछन् ।तेस्रो मधेस आन्दोलनको स्मृति दिवस बर्सेनि भदौ २४ मा मनाउने गरिए पनि यस पटक औपचारिक कार्यक्रम हुन सकेन । प्रदेश २ को सरकारमा रहेका तत्कालीन समाजवादी पार्टी र राजपा नेपालले मधेस आन्दोलनलाई सत्ता प्राप्तिको अस्त्र बनाए पनि प्रदेश सरकारको नेतृत्वमा पुगेपछि भने आन्दोलनको इतिहास र गरिमालाई बिर्सने काम गरेको मधेसका जनताको गुनासो छ ।तेस्रो मधेस आन्दोलनमा ६३ जनाले सहादत प्राप्त गरे । तर तेस्रो मधेश आ...
