२०८१ बैशाख १३

Tag: loan

कर संकलनमा ताकेता गर्दै सरकार, व्यवसायी भन्छन्– तिर्न सक्ने अवस्था छैन

कर संकलनमा ताकेता गर्दै सरकार, व्यवसायी भन्छन्– तिर्न सक्ने अवस्था छैन

अर्थतन्त्र, बैँक/ बीमा, समाचार
साभार: रातोपाटी सरकारले चालु आर्थिक वर्षको बाँकी बक्यौता राजस्व आगामी बिहीबार (२५ गते) भित्र उठाइसक्ने नीति लिएकोे छ । व्यावसायिक अन्तःशुल्क कर, आय कर, मूल्यवृद्धि कर लगायतका राजस्व निषेधाज्ञाका बाबजुद भदौ २५ गतेभित्रै उठाइसक्ने सरकारी योजना छ । त्यसो त गत आइतबार नै राजस्व संकलन गर्नकै लागि राष्ट्र बैंकले भदौ २३, २४ र २५ गते राजस्व संकलन गर्ने बैंकका सबै काउन्टर खुल्ला गर्न निर्देशन दिइसकेको छ । राजस्व संकलन गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई काउन्टर खुल्ला गर्न निर्देशन दिइएको छ । राष्ट्र बैंकको यस्तो निर्देशनपछि कोभिड–१९ का कारण निषेधाज्ञा तथा सिलमा परेका, लामो समयदेखि बन्द रहेका बैंकहरुलाई समेत यतिखेर राजस्व उठाउनकै लागि आफ्ना काउन्टरहरु खुला गर्नु पर्ने बाध्यता आइलागेको छ । यता, सर्वसाधारण जनता भो...