२०८१ बैशाख ४

Tag: life insurance

जीवन बीमा कम्पनीको २ खर्ब ८४ अर्ब लगानी, मुद्दति निक्षेपमा ८४.३४ प्रतिशत

जीवन बीमा कम्पनीको २ खर्ब ८४ अर्ब लगानी, मुद्दति निक्षेपमा ८४.३४ प्रतिशत

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
Credit: CLICKMANDU काठमाडौं । बीमा समितिले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा नै बीमासम्बन्धी लगानी निर्देशिका जारी गरेको थियो । सो पश्चात कम्पनीहरुले तोकिएको सीमा रहेर कृषि, पर्यटन, पूर्वाधार, हाइड्रो घर जग्गामा लगानी गर्ने बाटो खुला गरेको थियो । सो अघिसम्म कम्पनीहरुले बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेप, सरकार तथा विभिन्न कम्पनीहरुले जारी गरेको सेयर र ऋणपत्रमा मात्र लगानी गर्न पाउँथे । हाल बीमा कम्पनीहरुले कृषि, पर्यटन, पूर्वाधार, हाइड्रो घर जग्गा बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेप, सरकार तथा विभिन्न कम्पनीहरुले जारी गरेको सेयर र ऋणपत्रमा लगानी गरेका छन् । नियामक निकायले लगानीको दायरा बढाए पनि बीमा कम्पनीहरुले भने आफ्नो परम्परागत शैलीलाई नै निरन्तरता दिएका छन् । जीवन बीमा कम्पनीहरु गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म २ खर्ब ८४ अर्ब ६७ करोड रुपैयाँ लगान...