२०८१ बैशाख २२

Tag: Kulman Ghising

समर्थकलाई कुलमानको आग्रह– पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिनुस्

समर्थकलाई कुलमानको आग्रह– पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिनुस्

देश, समाचार
Credit: OnlineKhabar ३ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गरेका छन् । कुलमानलाई प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका बिभिन्न स्थानमा प्रदर्शन हुँदै आएका छन् । स्वतःस्फूर्त सडकमा उत्रिएका कुलमानका समर्थकहरुलाई प्रहरीले दमनसमेत गर्दै आएको छ । Advertisement आफ्नो पक्षमा हुँदै आएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको कुलमानले बताएका छन् । उनले आज शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’ कुलमानले जारी गरेको विज्ञप्तिमा थप ल...
कुलमानको कार्यकाल सकियो, पुनः नियुक्तिका बारेमा निर्णय भएन

कुलमानको कार्यकाल सकियो, पुनः नियुक्तिका बारेमा निर्णय भएन

देश, समाचार
Credit: CLICKMANDU काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारदेखि पूरा भएको छ । पुनः नियुक्तिका विषयमा हालसम्म कुनै निर्णय नभएका कारण उनको कार्यकाल आइतबार पूरा भएको हो ।मन्त्रिपरिषद्को नियमित बैठक सोमबार मात्रै बस्ने बताइएको छ । सोमबार बस्ने मन्त्रिपरिषदको बैठकमा समेत पुनः नियुक्तिका विषयमा प्रस्ताव लगिने वा नलगिने बारेमा हालसम्म केही बताइएको छैन । ऊर्जा मन्त्रालयका कुनै पनि अधिकारी सो बारेमा बताउन चाहँदैनन् । ४ वर्ष पहिले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको पुनः नियुक्ति गर्नुपर्नेमा जनमत नभएपनि सरकारले किन ढिलाई गरेको हो, सो बारेमा सरकारी निकायबा तर्फबाट हालसम्म केही जानकारी दिइएको छैन । ऊर्जा मन्त्रालय स्रोतका अनुसार उनको पुनः नियुक्तिका विषयमा छलफल चलेको भएपनि ठोस रुपमा कुनै प्रस्ताव तय भएको छैन...