
उपत्यकाका मेयर भन्छन्–अब लकडाउन हैन, कोरानासँग लड्दै काम गरौँ
साभार: रातोपाटीकाठमाडौं । सबैभन्दा धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । काठमाडौंमा जारी निषेधाज्ञा हटाउनुका साथै लामो दुरीको सवारी सञ्चालन हुन थालेपछि काठमाडौं उपत्यका कोरोना संक्रमणको केन्द्र बनेको छ ।पछिल्लो समय देशभरीको कोरोना संक्रमणको आँकडाको तुलना गर्दा उपत्यकामा दैनिक ५० देखि ६० प्रतिशत हाराहारी कोरोना संक्रमित फेला पर्न थालेका छन् । उपत्यकामा नगर प्रमुखहरुमा समेत कोरोना संक्रमण हुन थालेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य उपचारपछि फर्किएका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ आइसोलेसनमा रहेका छन् ।राजधानी प्रवेश गर्ने प्रमुख नाकाको रुपमा रहेको नागढुङ्गा नाका काठमाडौंको चन्द्रागिरी नगरपालिका अन्तर्गत पर्छ । सो नगरपालिकामा ६ जनाको संक्रमणबाट निधन भएको छ । २५ जना अस्पताल र ८५...
