
KMC को होस्टेल : विद्यार्थी र कर्मचारीको मृत्यु हुनु सामान्य घटना
बुद्धनगर स्थित केएमसी स्कुलमा एक कर्मचारी मृत फेलापरेपछि सो क्षेत्रमा मृतका आफन्तले आन्दोलन गरेका छन् । आफन्तले हत्याको आशङ्का गरेपछि मृत फेला परेकी रमा रायमाझीको शव उठ्न सकेको छैन । आफन्तले हत्या भएको आशङ्का गर्दै स्कुलमा धर्ना दिइरहेका छन् । केएमसी स्कुलको होस्टल क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा शनिवार राति स्कुलमा झुन्डिएको अवस्थामा मृत फेला थिइन् ।KMC स्कूल बागबजार स्थित KMC कलेज मातहत कै संस्था हो। विगतमा पनि होस्टेलमा विद्यार्थी मृत फेला परेको र धेरै दिन विद्यार्थीहरु द्वारा नारा बाजी पनि चल्दै आएको दृश्य हाम्रो मन मस्तिष्कमा ताजै छ।आफन्तले एक दिन पनि स्कुलले छुटी नदिएको, काम गरेको पैसा नदिएको आरोप पनि लगाएका छन् । छोरीले स्कुलमा काम गरेको भए पनि घरबाटै खर्च पठाउनु परेको आफन्तको आरोप छ ।रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइ...
