२०८१ बैशाख ८

Tag: kmc +2

KMC को होस्टेल : विद्यार्थी र कर्मचारीको मृत्यु हुनु सामान्य घटना

KMC को होस्टेल : विद्यार्थी र कर्मचारीको मृत्यु हुनु सामान्य घटना

देश, समाचार
बुद्धनगर स्थित केएमसी स्कुलमा एक कर्मचारी मृत फेलापरेपछि सो क्षेत्रमा मृतका आफन्तले आन्दोलन गरेका छन् । आफन्तले हत्याको आशङ्का गरेपछि मृत फेला परेकी रमा रायमाझीको शव उठ्न सकेको छैन ।  आफन्तले हत्या भएको आशङ्का गर्दै स्कुलमा धर्ना दिइरहेका छन् ।  केएमसी स्कुलको होस्टल क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा शनिवार राति स्कुलमा झुन्डिएको अवस्थामा मृत फेला थिइन् । KMC स्कूल बागबजार स्थित KMC कलेज मातहत कै संस्था हो। विगतमा पनि होस्टेलमा विद्यार्थी मृत फेला परेको र धेरै दिन विद्यार्थीहरु द्वारा नारा बाजी पनि चल्दै आएको दृश्य हाम्रो मन मस्तिष्कमा ताजै छ। आफन्तले एक दिन पनि स्कुलले छुटी नदिएको, काम गरेको पैसा नदिएको आरोप पनि लगाएका छन् । छोरीले स्कुलमा काम गरेको भए पनि घरबाटै खर्च पठाउनु परेको आफन्तको आरोप छ ।  रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइ...