२०८३ कार्तिक ११

Tag: khajuriko

२५ वर्षदेखि चियाको साथी बनेको ‘खजुरीको’

२५ वर्षदेखि चियाको साथी बनेको ‘खजुरीको’

SYM शुद्ध सकारात्मकता, कभर स्टोरी, नेपाली ब्रान्ड
हामीमध्ये धेरैलाई चियामा चपक्क चोबेर केही खान मन पर्छ। यसरी खाँदा याद गर्नुभएको छ कि छैन, अधिकांश बिस्कुट र कुकिजको ब्रान्ड नाम हुन्छ- खजुरीको। अझ पफको बजारमा त खजुरीकोले राज नै गरेको छ। करिब २५ वर्षदेखि खजुरीको हाम्रो चियाको साथी बनिरहेको छ। समयसँगै उपभोक्तालाई विभिन्न स्वादमा बिस्कुट, कुकिज र पफ चखाइरहेको खजुरीको सुरूमा घरेलु उद्योगका रूपमा २०५२ सालमा ललितपुर, चापागाउँमा आधिकारिक रूपमा सुरू भएको हो। बुबाले घरमै पाउरोटी र बिस्कुट बनाएर बेच्ने गरेको घरायसी उद्योगलाई छोरा जगन्नाथ महर्जनले ब्रान्ड बनाएर बजार विस्तार गरे। सानैदेखि बुबालाई व्यवसायमा सघाउने जगन्नाथले पढाइ सकेपछि जिम्मेवारी सम्हालेका हुन्। 'हामी पहिलेदेखि घरमै पाउरोटी र बिस्कुट बनाएर बेच्थ्यौं। पढाइ सकेपछि मैले व्यवस्थापनको जिम्मा लिएँ,' जगन्नाथले भने, 'त्यति बेला घरमा उत्पादन गरेको खानेकुरा ...

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125