२०८१ बैशाख १४

Tag: ishwor pokharel

प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता : उपप्रधानमन्त्री पोखरेल

प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता : उपप्रधानमन्त्री पोखरेल

देश, राजनीति, समाचार
काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सचिवालय सदस्य ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । प्रेस सङ्गठन नेपाल, गण्डकी प्रदेशस्तरीय भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले राजनैतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको स्पष्ट पारे । Advertisement प्रतिनिधिसभा विघटन रहर नभई बाध्ययता भएको उल्लेख गर्दै निर्वाचनलाई सफल पार्न सबैको साथ र सहयोग अपरिहार्य हुनेमा उनको जोड थियो । मुलुकको समृद्धि र राजनैतिक स्थिरताका लागि पार्टीको एकीकरण भएको चर्चा गर्नुहुँदै पोखरेलले पार्टीभित्र देखिएको पदोलोलुपता र सत्तालिप्साको कारण लक्षित योजनाले साकार पाउन नसकेको धारणा राखे । पत्रकार पेशागत दक्षताको विकाससँगै विचारमा जिम्मेवारी हुनुपर्नेमा जोड दिँदै उनल...