२०८० चैत्र १५

Tag: internet service

वैदेशिक रोजगारीमा गएकाहरूको घरमा इन्टरनेट जोडिदिने श्रममन्त्रीको योजना

वैदेशिक रोजगारीमा गएकाहरूको घरमा इन्टरनेट जोडिदिने श्रममन्त्रीको योजना

राजनीति, समाचार
Credit: CLICKMANDU काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएकाहरुको घरमा इन्टरनेट जडान गरिदिने कार्ययोजना अगाडि सारेको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको घरमा इन्टरनेटको सुविधा जडान गरी श्रमिकलाई निजको परिवारसँग इन्टरनेटको माध्यमबाट निरन्तर सम्पर्क राख्नका लागि कार्ययोजना अगाडि सारेको हो । चालु आव २०७७/७८ का लागि मन्त्रालयले लिएको लक्ष्य तथा कार्यक्रमको आयोजना सार्वजनिक गर्दै मन्त्री रामेश्वरराय यादवले उक्त जानकारी दिएका हुन् । विदेशमा गएका मानिसमा विभिन्न सामाजिक समस्या देखा परेका कारण त्यसलाई न्यूनिकरणको लागि कम्तीमा पनि निरन्तर रुपमा सम्पर्क कायम होस् भन्ने उद्देश्यका साथ इन्टरनेटको सुविधा उपलब्ध गराउने मन्त्रालयका प्रवक्ता भरतमणी पाण्डेले जानकारी दिए । उनका अनुसार यसका लागि दातृ निकायहरू, स्थानीय सरकार र प्रदेश सरकारसमक...