२०८१ बैशाख ८

Tag: hilife

३० लाखमा सुरू ‘हाइलाइफ’ लाई प्रशान्तले बनाए ६५ करोडको कम्पनी

३० लाखमा सुरू ‘हाइलाइफ’ लाई प्रशान्तले बनाए ६५ करोडको कम्पनी

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
सहरी बासिन्दाले ब्रेकफास्टमा धेरैजसो के खान्छन्? बिस्कुट, पाउरोटी, पफ यस्तैयस्तै। पछिल्लो समय स्वास्थ्यमा सजग मानिसहरूले भने खानपिन शैली बदल्दै गएका छन्। पोषिला खानेकुराको प्रयोग बढाउन थालेका छन्। यसमा कर्नफ्लेक्स पनि रोजाइमा पर्न थालेको छ। सामान्य भाषामा मकैको चिउरा भनेर बुझिने कर्नफ्लेक्स विदेशीहरूले धेरै पहिलेदेखि खान्थे। नेपालमा भने स्वस्थ खानेकुरा ठानेर कर्नफ्लेक्स खाने चलन भित्रिएको धेरै भएको छैन।  नेपालमै मकैबाट कर्नफ्लेक्स उत्पादन गर्ने उद्योग स्थापना भएका छन्। यसमध्ये लोकप्रिय कम्पनी हो 'हाइलाइफ'।  कम्पनीका सञ्चालक प्रशान्त घिमिरे भन्छन्, 'हाइलाइफ भनेको हाइयर द्यान टुडे अर टुमरो हो। ब्रान्डको सन्देश यही हो- उच्चस्तरको।' हाइलाइफले सन् २०१८ मा कर्नफ्लेक्सको व्यावसायिक उत्पादन थालेको हो। तीस लाख रूपैयाँ लगानीमा सुरू भएको हाइलाइफ तीन वर्षम...