२०८० चैत्र १६

Tag: Govind KC

डा. केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुस

डा. केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुस

देश, समाचार, सामाजिक
Credit: OnlineKhabar २५ असोज, काठमाडौं । डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् । डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् । Advertisement चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा राखिएको थियो । ...
डा.केसीसँग वार्ता गर्न ३ सदस्यीय समिति गठन

डा.केसीसँग वार्ता गर्न ३ सदस्यीय समिति गठन

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । सरकारले अनशनरत चिकित्सक प्राडा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ  । शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो । प्राडा.केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा रहेका छन् । मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि आज समिति गठन गरिएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन् । Advertisement सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मङ्गलबारको सच...
डा केसीको सत्याग्रहमा साझा पार्टीको ऐक्यवद्धता

डा केसीको सत्याग्रहमा साझा पार्टीको ऐक्यवद्धता

देश, राजनीति, समाचार
साभार: रातोपाटी साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बुधबार अनसनरत डा गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालको सत्याग्रह स्थलमै भेटी उनको मागमा ऐक्यवद्धता व्यक्त गरेका छन्। संयोजक मिश्रले अनसनको लामो समय भइसकेकाले तत्काल समिति बनाएर सार्थक वार्ता गरी केसीको जीवन रक्षा गर्न सरकारलाई आह्वान गरेका छन्।  मिश्रसँगै केसीलाई भेट्न पुगेका पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले  भुँईमान्छेको लागि एक बुँद पानी समेत नखाई १८औं दिन सम्म कठोर आमरण अनसनमा बस्दा पनि सरकारले अनदेखा गर्नु गैर जिम्मेवारीको पराकाष्ठा भएको टिप्पणी गरे। Advertisement ‘डाक्टर केसी जनताका लागि हाड-छाला सुकाएर, ओँठ कलेटी पारेर २ हप्ता अघिबाटै आमरण अनशनमा हुनुहुन्छ । यस्तो संवेदनशील विषय उठान गर्दा समाजवाद उन्मुख राज्यले ती मागको अपनत्व महशुस गर्नु त कता हो कता केसीका माग सम्...