२०८१ जेष्ठ १

Tag: gorkha schools

७ शिक्षक संक्रमित, मंसिर १५ सम्म विद्यालय बन्द  : गोरखा

७ शिक्षक संक्रमित, मंसिर १५ सम्म विद्यालय बन्द : गोरखा

देश, शिक्षा, समाचार, स्वास्थ्य
६ मंसिर, गोरखा । सात जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि गोरखा नगरपालिकाका सबै विद्यालय मंसिर १५ सम्म बन्द रहने भएका छन् । नगरपालिकाले प्रत्यक्ष सिकाइ सहजीकरण निर्देशिकाले तोके बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा सञ्चालन विद्यालयहरुलाई अनुमति दिएको थियो । त्यसअनुसार दसैंपछि विद्यालयहरु खुले । तर सात शिक्षक र केही अभिभावकमा कोरोना संक्रमण देखियो । नगरपालिकाले कात्तिक २४ देखि मंसिर ६ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गर्‍यो । Advertisement सक्रिय संक्रमितको संख्या ६५ पुगेपछि मंसिर १५ सम्म शैक्षिक संस्था बन्द राख्ने नयाँ निर्णय भएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्क्रिनिङ गरी स्थिति सामान्य अवस्थामा ल्याउन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । ‘संक्रमण फैलन थालेपछि कात्त...