२०८१ बैशाख १४

Tag: dharan ghanta ghar

धरानको पहिचान र गरिब को घडी : घण्टाघर

धरानको पहिचान र गरिब को घडी : घण्टाघर

देश, समाचार
फेसन र म्युजिकले रङ्गीन बनाएको जीवनशैली धरानको विशेषता हो । अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाई झन् आकर्षक बनाएको छ । लाहुरेहरुको शहर धरानलाई थप चिनाउन धरानले घण्टाघर पाएको छ । हङकङमा रहेका घण्टाघरको डिजाइनमा बनेको घण्टाघर आजभोलि धरानको पहिचान बनेको छ । यो  घण्टाघर विसं २०६२ पुस २० गतेदेखि औपचारिकरूपमा पर्यटकलाई प्रवेश खुला गरिएको हो । हङकङमा बसोबास गरिरहेका धराने र धरानवासीको यसमा लगानी छ । यो निर्माणका लागि पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बाले अगुवाइ गरेका थिए । उनकै अध्यक्षतामा व्यवस्थापन समिति बनाएर हाल व्यवस्थाप गरिँदै आएको छ । यहाँभित्रको बगैँचा, भूकम्प स्मारक उद्यान आन्तरिक तथा बाह्य पर्यटकलाई अलमलिने, फोटो खिच्ने, आराम गर्ने गन्तव्य बनेको छ । घण्टाघरको विशेषता यति मात्र होइन । पर्यटकका लागि घुम्ने स्थान हो भने घण्टाघर नाडीमा घडी नहुने र साथम...