२०८१ बैशाख ८

Tag: deaths

पाल्पाको पहिरोमा बेपत्ता भाको पाँचै जनाको शव भेटियो

पाल्पाको पहिरोमा बेपत्ता भाको पाँचै जनाको शव भेटियो

देश, समाचार, सामाजिक, स्वास्थ्य
Credit: OnlineKhabar १० असोज, तानसेन । पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गएराति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको थियो । Advertisement जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीका अनुसार गएराति घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको छ । शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको थियो । वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन । शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी खोजी कार्यमा खटिएका थिए । ...
पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ७ सय ४३ संक्रमित, ८ को मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ७ सय ४३ संक्रमित, ८ को मृत्यु

समाचार, स्वास्थ्य
साभार: सेतोपाटी सोमबार देशभर कोरोनाका ७ सय ४३ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टाामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ। विगत २४ घण्टामा १ सय ७५ जना कोरोनाबाट निको भइ घर फर्किएको गौतमले बताए। यीसहित हालसम्म १८ हजार ८ सय ६ जना कोरोनाबाट निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ छ। त्यस्तै विगत २४ घण्टामा थप ८ मृतकमा कोरोना पुष्टि भएको छ। यसरी मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला,रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय पुरुष छन्।  यीसहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ सय ५७ पुगेको छ। ...