२०८० चैत्र १६

Tag: death of army in chitwan due to electric shock

चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गयो

चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गयो

देश, मिश्रित, समाचार
साभार: रातोपाटी चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गएको छ । रुखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दा दुई सैनिकको ज्यान गएको प्रहरीले जनाएको छ ।  कालिका नगरपालिका– ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई सैनिकको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सुर्य थापाले जानकारी दिए ।  Advertisement सैनिक कम्पाउण्डभित्र रहेका रुखको हाँगा काट्दा करेन्ट लागेर सुवेदार र एकजना जवानको मृत्यु भएको डीएसपी थापाले बताए ।  करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही साजन कुमालको ज्यान गएको हो ।  श्रेष्ठलाई उपचारको लागि भरतपुर लैजाँदै गर्दा र कुमालको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ...