२०८१ बैशाख ८

Tag: death in kalikot

कालीकोटको पहिरोमा एकै परिवारका ४ को मृत्यु, अझै ६ बेपत्ता

कालीकोटको पहिरोमा एकै परिवारका ४ को मृत्यु, अझै ६ बेपत्ता

देश, समाचार
साभार: कान्तिपुर कालीकोट — तिलागुफा–१, नाग्ममा आइतबार बिहान पहिरोले ४ घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । पहिरो जाँदा घरभित्र कम्तीमा १० जना रहेको प्रहरीले जनाएको छ । जुम्लाबाट आएको उद्धार टोलीले घटनास्थलबाट २ जनालाई जीवितै उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । पहिरोमा ४ घर पुरिएका छन् । नाग्म बजारको पछाडिपट्टिको भिरोलो जमिन भासिएर पहिरो जाँदा तिलागुफा–१ का लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किएका हुन् । घरभित्र पुरिएको अवस्थामा नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा, ५ वर्षका छोरा निराजन र डेढ महिनाका छोरा अक्कल शाहीको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले डोजर लगाएर पहिरो पन्छाउँदै बेपत्ताको खोजी गरि...