२०८० चैत्र १६

Tag: death due to electric shock

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु : बर्दिवास

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु : बर्दिवास

देश, समाचार, सामाजिक, स्वास्थ्य
बर्दिवास । ट्रकले चुडाएको तार जोड्न सडक किनारको पोलमा चढेका महोत्तरी बर्दिबास विद्युत प्राधिकरणका प्राविधिकको करेन्ट लागेर ज्यान गएको छ । ज्यान जानेमा रौतहटको पौराहा गाउँपालिका–६ का ३२ वर्षीय गौरीनन्द पण्डित रहेका छन् । बर्दिबास–१ स्थित सडक किनारमा ट्रकले चुडाएको तार जोड्न पोलमा चढेका उनलाई तार जोडने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर पोलमै झुण्डिएका पण्डितलाई देखेपछि गाउँलेहरुले सुकेको बासको भाटाले तारमा हानेर उद्दार गरेका थिए । त्यसलगत्तै उनलाई उपचारका लागी बर्दिबासस्थित जनसेवा अस्पताल लगेका थिए । त्यहाँ प्राथमिक उपचार गरेर थप उपचारका लागि उनलाई जानकी हेल्थकेयर जनकपुर पठाइएको थियो । Advertisement त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो । काठमाडौं पठाउन हेलिकप्टर मगाउने तयारी भैरहेका बेला जनकपुरमै उन...
करेन्ट लागेर  एक सैनिक जवानको मृत्यु

करेन्ट लागेर एक सैनिक जवानको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए । Advertisement गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा साँझ पौने ८ बजेट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सैनिक जवान बराइली दशैँ विदा मनाउन केही दिनअघि घर आएको खुलेको छ ।  ...
चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गयो

चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गयो

देश, मिश्रित, समाचार
साभार: रातोपाटी चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गएको छ । रुखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दा दुई सैनिकको ज्यान गएको प्रहरीले जनाएको छ ।  कालिका नगरपालिका– ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई सैनिकको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सुर्य थापाले जानकारी दिए ।  Advertisement सैनिक कम्पाउण्डभित्र रहेका रुखको हाँगा काट्दा करेन्ट लागेर सुवेदार र एकजना जवानको मृत्यु भएको डीएसपी थापाले बताए ।  करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही साजन कुमालको ज्यान गएको हो ।  श्रेष्ठलाई उपचारको लागि भरतपुर लैजाँदै गर्दा र कुमालको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ...