२०८१ बैशाख ७

Tag: death accident

उदयपुर जिप दुर्घटनामा : ५ जनाको मृत्यु, ३ घाइतेको उद्धार

उदयपुर जिप दुर्घटनामा : ५ जनाको मृत्यु, ३ घाइतेको उद्धार

देश, समाचार, सामाजिक
काठमाडौं । उदयपुरको कटारी–१४ मा स्कोर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ३ जना घाइतेलाई प्रहरीले उद्धार गरेर कटारीस्थित अस्पतालमा पठाएको छ । भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कर्पियो गएराती १ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले रातोपाटीलाई बताए । Advertisement दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ घर भएका ४६ वर्षीय रामबहादुर सार्की र २७ वर्षीय कर्मे सार्कीको मृत्यु भएको छ । अन्यको सनाखत भएको छैन । सिद्धिचरण राजमार्गमा पर्ने भदौरे भिरबाट स्कोर्पियो खस्दा ३ जना घाइते भएका छन् । घाइते हुनेमा रुपन्देहीका घर भएका २८ वर्षीय चालक पवन खड्का, ओखलढुंगा मानेभञ्ज्याङ–९ की १८ वर्षीया कल्पना सार्की र ३३ वर्षीया कुमारी सार्की छन् । डिएसपी गौतमका अनुसार चालकको अवस्था गम्भिर छ । साभार...