२०८० चैत्र १६

Tag: covid-19 chitwan

थप दुई कोरोना सङ्क्रमितको मृत्यु :चितवन

थप दुई कोरोना सङ्क्रमितको मृत्यु :चितवन

देश, समाचार, सामाजिक, स्वास्थ्य
चितवनमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको आज दिउँसो मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। यही कातिक ६ गते श्वासप्रश्वासमा समस्या भई उनी अस्पतालको कोभिड आइसियूमा भर्ना भएकी थिइन् ।  Advertisement उनलाई कातिक ५ गते कोरोना पुष्टि भएको थियो । यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका पौडेलले जानकारी दिए ।  यही कातिक ५ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना भएका थिए । उनलाई कातिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती पुरुषले लामो समयदेखि मुटु र मिर्गौला रोगको उपचार गराइरहेका थिए ।   साभार: रातोपाटी ...
कोरोना संक्रमणबाट चितवनमा तीन जनाको मृत्यु

कोरोना संक्रमणबाट चितवनमा तीन जनाको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २४ असोज, चितवन । चितवनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज, भरतपुरमा दुई जना र भरतपुर अस्पतालमा एकजनाको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा मकवानपुर बागमती गाउँपालिका वडा नं. ६ फापरवारीकी ८५ बर्षिया महिला र सर्लाही हरीवन नगरपालिका वडा नं. १० का ३८ बर्षीय पुरुष छन् । Advertisement असोज १५ गते ज्वरो, निमोनिया भएर अस्पताल भर्ना भएकी महिलामा असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शनिबार ५ बजे मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । यस्तै  सवारी दुर्घटनामा परी असोज ८ गते अस्पताल भर्ना भएका सर्लाहीका युवकमा २१ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार साँझ नै भरतपुर अस्पतालमा चितवनको भरतपुर महानगरपालिका-१ का ४७ बर्षिय पुरुषको उपचारको ...
चितवन मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमित युवकको मृत्यु

चितवन मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमित युवकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी नवलपुरको देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बताए। उनलाई भदौ २५ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भएका कारण अस्पताल भर्ना गरिएको थियो। २६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। Advertisement आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार हुँदैगर्दा राति १२:१८ बजे उनको मृत्यु भएको डा.लम्सालले बताए। ...