२०८० चैत्र १५

Tag: blame

हत्या अभियोगमा पक्राउ परेका युवकको मृत्युपछि रौतहटमा आन्दोलनको तयारी

हत्या अभियोगमा पक्राउ परेका युवकको मृत्युपछि रौतहटमा आन्दोलनको तयारी

राजनीति, समाचार
प्रहरीको कुटाइबाट मृत्यु भएको परिवारको आरोप साभार: रातोपाटी रौतहट । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका एकजना युवकको गत राति मृत्युु भएको छ । रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सोही ठाँउका १९ वर्षीय विजयराम चमारको मृत्यु भएको हो । चमारको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा गत राति साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले पुुष्टि गरेका छन् । मृतकको शव हाल नेशनल मेडिकलमै रहेको प्रहरीले जनाएको छ । गत साउन ३१ गते निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँछेउमा शव फालिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, १९ वर्षीय अर्जुन राम, १९ वर्षीय सिकिन्द्र राम, १९ वर्षीय बिजयराम चमार तथा शेख...