२०८१ बैशाख १४

Tag: birgunj pradershan

डा. गोविन्द केसीको समर्थनमा वीरगञ्जमा प्रदर्शन

डा. गोविन्द केसीको समर्थनमा वीरगञ्जमा प्रदर्शन

देश, समाचार, सामाजिक
Credit: OnlineKhabar २१ असोज, वीरगञ्ज । अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । चिकित्सक, अधिकारकर्मी, विभिन्न सामाजिक संघ संस्था र राजनीतिक दलमा आवद्ध व्यक्तिहरुले वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले डाक्टर केसीका माग पूरा गर, डाक्टर केसीको अनशन माफियालाई टेनसन, लुटतन्त्र बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी वीरगञ्जकी ज्योति साहले डाक्टर केसीले सम्पूर्ण नेपालीको स्वास्थ्यका लागि आफ्नो स्वास्थ्य दाउमा राखेकाले सरकारलाई दबाव दिन प्रदर्शनमा सहभागी भएको बताइन् । ‘म बाल अधिकारको पक्षमा लागेको मान्छे, आज डाक्टर गोविन्द केसी जस्तो मान्छेको त कुरा सरकारले सुनिरहेको छैन,’ उनले भनिन्, ‘हामी बालबालिकाको कुरा कसले सुन्ला र ? अधिकारका लागि लड्नुपर्छ भनेर पहिलो पाइ...