२०८१ बैशाख १४

Tag: Bidhya Sunder

कोरोना संक्रमित काठमाडौंका मेयरको पाँचतारे होटलमा बास, जनताको भने बिचल्ली

कोरोना संक्रमित काठमाडौंका मेयरको पाँचतारे होटलमा बास, जनताको भने बिचल्ली

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनाभाइरस संक्रमणपछि कहाँ होलान ? होम आइसोलेसनमा ? कुनै अस्पतालको आइसोलेसनमा ? वा आफैले बनाउने भनेर आश्वासन दिएको आइसोलेशन सेन्टरमा ? यदि तपाईँले यस्तै अनुमान गर्नुभएको छ भने तपाईँ गलत हुनुभयो । काठमाडौं महानगरपालिकाका जनताको मतबाट निर्वाचित भइ महानगर हाँकिरहेका शाक्य यतिबेला काठमाडौं सबैभन्दा महंगो आइसोलेसनमा छन् । उनी अहिले काठमाडौंको पाँच तारे होटल सोल्टीको विशेष कोठा बुक गरेर बसेको खुलेको हो ।  उनले आफू घरमै आइसोलेसनमा बस्दै आएको सार्वजनिक रुपमा बताउँदै आएपनि गोप्यरुपमा होटलको आइसोलेसनमा बस्दै आएको खुलेको हो ।  उनलाई गत भदौ १५ गते कोरोना संक्रमण भएको थियो । स्रोतका अनुसार मेयर शाक्य मात्र हैन उनकी श्रीमती पनि सोल्टीको विशेष आइसोलेसनमा सँगै छिन् । त्यहाँ उनलाई काठमाडौंको ग्राण्डी...