२०८१ बैशाख १४

Tag: bharatpur hospital

भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर चितवन — भरतपुर अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको सोमबार बिहान मृत्यु भएको छ । भरतपुर अस्पतालका कोभिड–१९ क्लिनिकल टिमका कोअर्डिनेटर डा.प्रमोद पौडेलका अनुसार अस्पतालमा सोमबार बिहान सात बजेर २० मिनेट जाँदा भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय पुरुषको निधन भएको हो । अस्पतालले निकालेको सूचनामा ती व्यक्तिमा भदौ २ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि उनलाई भदौ ६ गते अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९ आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरे पनि बचाउन नसकिएको अस्पतालले उल्लेख गरेको छ । Advertisement शुक्रबारयता चितवनमा दिनहुँ संक्रमितको मृत्यु हुन थालेको छ । शुक्रबार एकैदिन तीन जना, शनिबार दुई जना, आइतबार र आज सोमबार एक एकजना गरी पछिल्लो चार दिनमा सात जनाको मृत्यु भ...