२०८१ बैशाख १५

Tag: bara

बारामा बसले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्, श्रीमती र छोराको मृत्यु

बारामा बसले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्, श्रीमती र छोराको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी बारामा बसको ठक्करबाट स्कुटरमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो साढे ४ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित पुर्वपश्चिममा ना ४ ख ७२४४ नम्बरको बसले प्रदेश न २-०३-००४ प ४४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। Advertisement निजगढबाट पथलैयातर्फ जाँदै गरेको बसले निजगढतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो। उक्त ठक्करबाट निजगढ नगरपालिका-१० का २५/२६ वर्षीय तिर्थ मान स्याङ्तान, उनकी श्रीमती २२/२३ वर्षीया ज्योती स्याङ्तान र  एक वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ। ती बालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। दुर्घटनापछि बसका चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक डिएसपी गौतम मिश्रले जानकारी दिए। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ...