२०८१ बैशाख ५

Tag: banepa

बनेपा बन्यो  काभ्रेको कोरोना ‘हट–स्पट’

बनेपा बन्यो काभ्रेको कोरोना ‘हट–स्पट’

देश, समाचार, स्वास्थ्य
काभे्रपलाञ्चोकको कोरोना सङक्रमणमध्ये ३९ प्रतिशत बनेपा नगरका छन् । जिल्लामा हालसम्म एक हजार दुई सय ८४ मा कोरोना भाइरस् सङ्क्रमण देखिएकामध्ये बनेपाका ३९ प्रतिशत अर्थात् पाँच सयमा देखिएको हो । हालसम्म बनेपाका २९२  पुरुष र २०८ महिलामा सङक्रमण भएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । यसमध्ये १७६ पुरुष र १०६ महिला सङ्क्रमणमुक्त भएका छन् । नगरका अनुसार सङ्क्रमितमध्ये चारको मृत्यु भएको छ । हाल नगरमा २१४ सक्रिय सङ्क्रमित छन् । नगरका दुई हजार ३९ को पिसिआर परीक्षणमा पाँच सयमा कोरोना सङ्क्रमण देखिएको हो ।  बनेपाका नगरप्रमुख लक्ष्मी नरसिं वादे, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती र ११ वडाका अध्यक्ष शिवकुमार थापालगायत पाँच कर्मचारीसमेतलाई हाल कोरोना सङ्क्रमण भएको छ । यसकारण, नगर कार्यालयमा आइतबारदेखि अत्यावश्यकबाहेकको सेवा बन्द रहेको जनाइएको छ । नगर कार्यालय अवस्थित बनेपा सहर काभ्रे...