२०८० चैत्र १६

Tag: baluatal

बालुवाटारमा विपद् व्यवस्थापन परिषद‍्को बैठक बस्दै

बालुवाटारमा विपद् व्यवस्थापन परिषद‍्को बैठक बस्दै

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । विपद् व्यवस्थापन परिषद‍्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान ११ बजेका लागि परिषद‍्को बैठक बोलाएका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बोलाइएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्री अध्यक्ष रहेको परिषद‍्मा विपक्षी दलका नेता, संघीय सरकारका मन्त्रीहरु, सातै प्रदेशका मुख्यमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानसेनापति, मुख्य सचिव र विज्ञहरु सदस्य रहने कानुनी व्यवस्था छ ।  देशका विभिन्न जिल्लामा आएको बाढी पहिरोका सम्बन्धमा तत्काल उद्धार, राहत र व्यवस्थापनको विषयमा छलफल हुने थापाले बताए । यस्तै कोरोनाको बढ्दो संक्रमणका विषयमा आगामी रणनीतिबारे छलफल हुने थापाको भनाइ छ । उ...