२०८२ चैत्र १

Tag: atm bank

बैंकहरुले एटीएम बुथमा पैसा हाल्न छाडे

बैंकहरुले एटीएम बुथमा पैसा हाल्न छाडे

अर्थतन्त्र, आर्थिक, देश, बैँक/ बीमा, समाचार
सेवाग्राहीलाई चाहिएको बेला रकम झिक्न सजिलो होस् भनेर बैंक तथा वित्तीय संस्थाहरुले ठाउँठाउँमा एटीएम बुथ राखेका हुन्छन् । तर, सोही एटीएम बुथको सेवा प्रभावकारी हुन नसक्दा पछिल्लो समय सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो आउन थालेको छ । एटीएममा पैसा झिक्न जाँदा कहिले पैसा हुँदैन त कहिले बिग्रेको अवस्थामा भेटिन्छ । बिग्रेको एटीएम पनि लामो समयसम्म बनेको पाइँदैन । अन्तरबैंकिङ एटीएम कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था भएसँगै बैंकहरुले एमीएमबाट दिने सुविध पनि प्रभावकारी नबनाएका हुन् ।जुनसुकै एटीएम बुथबाट जुनसुकै बैंकको एटीएम कार्ड राखेर पैसा निकाल्दा शुल्क नलाग्ने भएपछि केही बैंकहरुका एटीएमको सेवा प्रवाहमा समस्या भएको हो । राष्ट्र बैंकको नयाँ व्यवस्था सँगै बैंकहरुले समेत एटिएएम सेवा प्रवाहमा सुस्तता देखाएका हुन् ।ललितपुरको बालकुमारीस्थित नबिल बैंकको एटीएम बिग्रेको लामो समय भय...