२०८१ बैशाख १३

Tag: acid attack in nepal

समाजसेवी थापाको पहलमा एसिड आक्रमणमा परेका रामराजाका लागि सरकारको जागिर

समाजसेवी थापाको पहलमा एसिड आक्रमणमा परेका रामराजाका लागि सरकारको जागिर

देश, राजनीति, समाचार, सामाजिक
Credit: Nagarik Khabar काठमाडौं । आफ्नै श्रीमतीको एसिड आक्रमणमा परेका रामराजा थापालाई सरकारले जागिर दिने भएको छ । एक वर्षअघि एसिड आक्रमणमा परेका थापालाई महान्यायाधिवक्ताको कार्यालयले रोजगारीको अवसर दिएको हो । समाजसेवी उज्वलविक्रम थापाको विशेष पहलमा रामराजालाई महान्यायाधिवक्ताको कार्यालयले रोजगारीको अवसर दिएको हो । कान्तिपुर टेलिभिजनको एक अन्तर्वार्ता हेरेपछि महान्यायाधिवक्ता अग्नि खरेलले समाजसेवी थापाका साथमा एसिड आक्रमणमा परेका राजाराम थापा र मुस्कान खातुनलाई आज भेटेका थिए । भेटका क्रममा एसिड आक्रमणमा परेका राजारामका लागि रोजगारी दिने महान्यायाधिवक्ता खरेलले बताएका थिए । अहिले तत्कालका लागि कार्यालय सहयोगीका रुपमा रामराजाले नियुक्ति पाउने छन् । उनी सवारी चालक भएकाले छ महिनापछि सवारी चालककै नियुक्ति पाउने महान्यायाधिवक्ता खरेलले बताएको अभियन्ता थापाले बताए । Ad...