२०८१ जेष्ठ ६

Tag: सुकुम्बासी

सुकुम्बासीले न्यायो सिरक पाउँदा खुशियाली

सुकुम्बासीले न्यायो सिरक पाउँदा खुशियाली

देश, समाचार, सामाजिक
झापा गाउँपालिका–१ मिलनबस्तीमा सुकुम्बासी टोल छ । जहाँ सन्थाल समुदायको बसोवास रहेको छ । उनीहरुसँग पेट भर्नका लागि त भर्खर अन्न घरमा थन्क्याएका छन् तर जाडोमा ओढ्ने सिरक नहुँदा आगो तापेर रात बिताउँछन् । यसरी नै वर्षौं बिताएका उनीहरु शुक्रबार भने निक्कै खुशी देखिन्थे । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लायन्स क्लब सुरुङ्गाको सहयोगमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइराला सुकुम्बासी बस्तीमा न्यायो सिरक लिएर पुगेका थिए । उनीहरुले गाउँपालिकाका अध्यक्ष जयनारायण साहलाई साक्षी राखेर क्लवले ल्याएको फाइबरका ८२ थान सिरक सन्थाल परिवारलाई वितरण गरेका छन् ।  Advertisement “रातभर पराल र दाउराको आगो तापेर रात बिताउँथे, आजदेखि सिरक ओढेर सुत्छु”, झापा गाउँपालिका–१ सुकुम्बासी बस्तीकी ७० वर्षीया...