२०८१ बैशाख १२

Tag: सीताराम हाछेथु

ललितपुर नगर प्रहरीले खटायो ‘हातेमालो टोली’ : समस्या सुन्न हरेक टोलमा पुग्ने

ललितपुर नगर प्रहरीले खटायो ‘हातेमालो टोली’ : समस्या सुन्न हरेक टोलमा पुग्ने

देश, समाचार, सामाजिक
साभार: रातोपाटी ललितपुर । ललितपुर महानगरपालिका अन्तर्गतको नगर प्रहरीले नगरवासीको सेवामा ‘हातेमालो टोली’ परिचालन गरेको छ । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले आइतबार उक्त कार्यक्रम औपचारिक रुपमा सुरु गरेका हुन् । महानगर क्षेत्रभित्र दैनिक रुपमा हातेमालो टोली परिचालन हुने र नगरवासीका समस्या समाधानका लागि पहल गर्ने हाछेथुले बताए । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरवासीको सेवा–सुविधालाई ध्यान दिन निर्देशन दिएअनुसार नगर प्रहरीले नयाँ अवधारणाअनुसार ‘हातेमालो टोली’ गठन गरेको उनको भनाइ छ । Advertisement यो टोलीले महानगरका हरेक वडा, हरेक टोलमा पुगेर दैनिक रुपमा समस्याको टिपोट तयार पार्ने हाछेथु बताउँछन् । ‘कतै ढल फुटेको हुन सक्छ, कतै रुख ढलेको हुन सक्छ, कतै फोहोर नउठेको हुन सक्छ,’ नगर प्रहरी प्रमुख हाछेथुले भने, ‘कतै सडकमा खाडल भ...