
चितवनको टाँडीमा ‘मल्टिप्लेक्स सिटी सेन्टर’ निर्माण हुने : १५ करोड लगानी हुने अनुमान
काठमाडौं । १५ करोड लगानीमा चितवको टाँडीमा मल्टिप्लेक्स सिटी सेन्टर निर्माण हुने भएको छ । सौराहाका आधा दर्जन पर्यटन व्यवसायीहरुको सक्रियतामा सौराहा भेन्चर प्रालिको नाममा सिटी सेन्टर निर्माण हुने भएको हो ।बिहिबार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सिटी सेन्टरको शिलान्यास गरेका हुन् ।Advertisementकुल १५ करोड लगानीमा बन्ने उक्त सिटी सेन्टरमा दुईवटा थिएटर सहितको मल्टिप्लेक्स सिटी रहने सौराहा भेन्चरले जनाएको छ । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेको ९ कठ्ठा ७ धुर जग्गामा बन्ने सिटी सेन्टर २ वर्ष भित्र सम्पन्न हुने कम्पनीले बताएको छ । उक्त जग्गा कम्पनी २५ वर्षका लागि लिज (भाडा) मा लिएको हो ।उक्त सिटी सेन्टरमा पर्यटन व्यवसायी तथा सौराहा भेन्चरमा क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे, पूर...
