२०८१ बैशाख ३१

Tag: राप्ती लोकमार्ग

सुविधाभन्दा सास्ती धेरै : जीर्ण बन्दै राप्ती लोकमार्ग

सुविधाभन्दा सास्ती धेरै : जीर्ण बन्दै राप्ती लोकमार्ग

देश, समाचार
राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम खण्ड जीर्ण बन्दै गएको छ । लोकमार्गमा गरिएको वटासिल उप्किएपछि केही समयअघि टालटुल गरिएको थियो तर टालटुल गरिएको वटासिल उप्किएपछि पुनः उस्तै समस्या देखिएको छ । राप्ती लोकमार्गका विभिन्न स्थानमा अहिले कतै सडक खाल्डाखुल्डी छ त कतै कालोपत्र उप्किएर धुलाम्य भएको छ । यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । अधिकांश स्थानमा ठेकेदारले गुणस्तरीय काम नगर्दा छोटो समयमै कालोपत्र उप्किएको स्थानीयवासीको भनाइ छ । वटासिल उप्किएपछि सडक धुलाम्य बन्दै गएको छ । दाङ­सल्यान­रुकुम खण्ड जीर्ण बन्दा स्थानीयवासीलाई सास्ती भएको स्थानीय लालबहादुर खत्रीले बताए । उनका अनुसार दाङ–सल्यान खण्डको राम्रीबाट शीतलपाटी र शीतलपाटीबाट खौलासम्म सबैभन्दा बढी खाल्डाखुल्डी छन् । “सडकको अवस्था दयनीय हुँदा पनि सम्बन्धित निकाय मौन छ”, उनले भने, “सडक पूर्णरूपमा कालोपत्...