२०८१ बैशाख ७

Tag: मनोज मुकुन्द नरवणे

भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण खारेजी माग

भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण खारेजी माग

देश, राजनीति, समाचार
काठमाडौं । विभिन्न २१ वटा राजनीतिक संगठनहरुले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको आसन्न नेपाल भ्रमण खारेज गर्न नेपाल सरकारसँग माग गरेका छन् ।  २१ दलका तर्फबाट सीपी गजुरेलले आइतबार एक अपिल जारी गर्दै सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको यतिबेलाको नेपाल भ्रमणले नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेप बढ्ने भन्दै उनको भ्रमण खारेज नगरे आन्दोलन गर्ने बताएका छन् ।  ‘उनको नेपाल भ्रमणले झन् नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप बढ्नेछ । अतः हामी ओली सरकारसँग भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण खारेज गरियोस् भन्ने जोडदार माग गर्दछौं’ गजुरेलले भनेका छन्– ‘यदि सरकारले यो भ्रमण रद्द गरेन भने यसको विरोधमा हामीले शान्तिपूर्ण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेका छौं । हामी सम्पूर्ण देशभक्तहरुलाई विरोध कार्यक्रममा सहभागी हुन आह्वान गर्दछौं ।’ २१ रा...