२०८१ बैशाख १२

Tag: बाघ

बाघबाट बाख्रा जोगाउन रातभर जाग्राम

बाघबाट बाख्रा जोगाउन रातभर जाग्राम

देश, समाचार, सामाजिक
साभार: रातोपाटी शुक्लाफाँटा नगरपालिका–८ धारापानीमा दिउँसै बाघले बाख्रा खान थालेपछि स्थानीयवासी चिन्तित भएका छन् ।  बाख्रा चराउनका लागि वन क्षेत्रमा लैजाँदा र गोठमै राखेका बाख्रा पनि बाघले खान थालेपछि स्थानीयवासी चिन्तित भएका हुन् । तीन दिनको अवधिमै स्थानीयवासीले पालेका १० भन्दा बढी बाख्रा बाघले खाइसकेको छ । वन संरक्षणमा जोड दिइएपछि बाघ आउन थालेको हो । दुई दिनको अवधिमै बाघले स्थानीयवासी साइमले धामीका मात्रै छ वटा बाख्रा मारेर खाएको छ । “दुई बाख्रा वन क्षेत्रमा चराउन लगेको बेला बाघले खाइदियो”, उनले भने, “चारवटा बाख्रा खोरमै रहेका बेला खाइदिएको छ । बस्तीमै बाघ आउन थालेपछि बाख्रालगायत अन्य घरपालुवा जनावर जोगाउनका लागि रातभर जाग्राम बस्नुपरेको छ ।” गाउँ नजिकैको डाँडाबाटै बाघ गर्जेको आवाज दैनिक सुनिन थालेको छ । बाघको आवाज आउन थालेपछि गाउँका सबै जना घरघरबाट निस्केर बाख्रा...