
गुप्तचर संयन्त्रले थाल्यो फोन–ट्यापिङ
काठमाडौँ । गुप्तचरी संयन्त्र भनेर चिनिने राष्ट्रिय अनुसन्धान विभागले फोन–ट्यापिङको तयारी गरेको छ । गुप्तचरलाई फोन ट्यापिङ गर्ने कानुनी अधिकार छैन । तर, विभागले गैरकानुनी रुपमै ट्यापिङ शुरु गर्न लागेको हो ।प्रधानमन्त्री ओलीले २५ मंसिर ०७६ मा राष्ट्रिय सभामा ‘नेपाल विशेष सेवा विद्येयक’ दर्ता गराएका थिए । विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको सो विद्येयकमा गुप्तचर संयन्त्रले ‘फोन–ट्यापिङ गर्न पाउने’ प्रस्ताव गरिएको छ । तर, सो विद्येयक पारित भैसकेको छैन ।अरु देशका गुप्तचर संयन्त्रको प्रतिगुप्तचरीको सिलसिलामा सन्दिग्ध र निगरानीमा रहेकाहरुको फोन इन्टरसेप्सन गर्न तथा अभिलेख गर्न पाइने कानुन बनाउन प्रस्ताव गरिएको छ । ‘इन्टरसेप्सन’ सञ्चार सञ्जाललाई अनुगमन वा निगरानी गरी आवश्यकता अनुसार विषयवस्तु प्राप्त गर्ने काम हो । तर, नेपालको मौजुदा कानुनले ...
