२०८१ बैशाख १५

Tag: प्रकाशमान सिंह

ओली सरकारको चिनारी भ्रष्टाचार र अस्थिरता मात्र रह्यो : प्रकाशमान सिंह

ओली सरकारको चिनारी भ्रष्टाचार र अस्थिरता मात्र रह्यो : प्रकाशमान सिंह

देश, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको वर्तमान सरकारले अस्थिरता र भ्रष्टाचारबाहेक केही दिन नसकेको आरोप लगाएका छन् ।  कोरोना संक्रमणको महामारीको बेला पनि औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको र लकडाउनका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउँदा पनि अवरोध पुर्याएको भन्दै उनले सरकारको आलोचना गरे ।  Advertisement गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा सोमबार बिहान काठमाडौंमा भएको कार्यक्रममा नेता सिंहले भने, ‘दुई तिहाइको बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले अस्थीरताबाहेक के दिन सकेको छ ? पहिले संविधान जारी गर्ने म्यान्डेड दिँदा संविधानसभा भंग गर्यो । अहिले पनि संघीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्ने म्यान्डेडअनुसार नेकपा अगाडि बढिरहेको छैन ।’ ‘बालुवाटार जग्गा काण्ड, सेक्युर...