२०८१ बैशाख ७

Tag: निषेधाज्ञा

सीमामा सेना परिचालनसम्मका सुझाव : निषेधाज्ञा खुकुलो बनाउने विषयमा के होला निर्णय ?

सीमामा सेना परिचालनसम्मका सुझाव : निषेधाज्ञा खुकुलो बनाउने विषयमा के होला निर्णय ?

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञा खुकुलो बनाउन सरोकारवाला निकायले सुझाव दिएका छन् । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसीएमसी) को बैठकमा निषेधाज्ञा थप खुकुलो बनाउनेबारे छलफल भएको छ । व्यवसायी र पेशाकर्मीहरुले निषेधाज्ञा थप खुकुलो बनाउन सुझाएका छन् । भदौ ४ मा जारी निषेधाज्ञा तेस्रोपटक केही खुकुलो बनाइएको थियो । स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले थप कडाई गर्नुपर्ने सुझाव दिएपनि ‘परिस्थिति काबु बाहिर जाने’ भन्दै स्थानीय प्रशासनले थप खुकुलो बनाउने तयारी गरेको छ । श्रमजिवी भोकै बस्नुपर्ने अवस्था आउन थालेको विश्लेषणसहित स्थानीय प्रशासनले थप खुकुलो बनाएर त्यसबारे बुधवार निर्णय गर्ने भएका छन् । मजदूरलाई दुईछाक खान समस्या भएको  र अर्थतन्त्र डामाडोल भएका समस्यामा सरकार जानकार रहेको उल्लेख गर्...