२०८१ बैशाख ७

Tag: निर्मला बलात्कार–हत्या

निर्मला बलात्कार–हत्या अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको निलम्बन फुकुवाको बाटो खुल्यो

निर्मला बलात्कार–हत्या अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको निलम्बन फुकुवाको बाटो खुल्यो

देश, समाचार, सामाजिक
प्रहरी नियमावलीको नियम–११५ संशोधन साभार: रातोपाटी काठमाडौं । निर्मला पन्तको बलात्कार–हत्याबारे अनुसन्धान गर्ने डिएसपी अंगुर जिसी सहितका प्रहरी अधिकृतको निलम्बन फुकुवा गर्ने बाटो खुलेको छ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली संशोधन गरेसँगै उनीहरुलाई निलम्बन फुकुवा गर्ने बाटो खुलेको हो । असोज–८ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमाबलीको नियम–११५ संशोधन गरेको छ । नियम–११५ मा कुनै पनि फौजदारी अभियोग लागेका प्रहरी कर्मचारीले अदालतबाट सफाई पाउने गरी अन्तिम फैसला नहुन्जेलसम्म निलम्बनमा राखिने व्यवस्था थियो । तर, सो बुँदा संशोधन गरेर ‘अदालतको एक तहबाट सफाइ पाउने गरी फैसला भएमा निलम्बन फुकुवा हुने’ व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालय कानुन शाखाका एक अधिकृतले रातोपाटीलाई बताए । अदालतबाट साधारण तारेखमा रिहा भएका प्रहरी कर्मचारीचाहि जागिरमा फर्कन पाउने व्यवस्था थियो । निर...